आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने सरकारको निर्णय

Sakshi Srivastav

  • Read Time < 1

काठमाडौं । सरकारले आगामी आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा)को अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।